आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेको थापाथलीस्थित कार्यालयको उद्घाटन वैशाख ९ गते गरिने
भर्खरै

एमालेको थापाथलीस्थित कार्यालयको उद्घाटन वैशाख ९ गते गरिने

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

नेकपा (एमाले)को केन्द्रिय कार्यालय थापाथलीबाट सञ्चालन भएको छ । यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्ण रुपमा सञ्चालन भइरहेको हो । कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेकपा (एमाले)का कार्यालय सचिव ईश्वरी रिजालका अनुसार नयाँ पार्टी मुख्यालयमा अध्यक्ष, महासचिव, सङ्गठन विभाग, प्रचार विभाग र विदेश मामिला प्रमुखसहितका १२ कोठा छन् ।

नयाँ कार्यालय सर्नुभन्दा अगाडि

प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गरेका थिए । विसं २०७२ को भूकम्पले बल्खु, मदन नगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको बताइएको छ ।

सो पार्टीले धुम्रबाराहीमा चक्रपथको सडक विस्तारले आउजाउमा समस्या परेकाले थापाथलीमा कार्यालय सारेको हो । एमालेले मदन नगरमा पार्टीको अत्याधुनिक भवनको शिलान्यास पनि नेकपा स्थापना दिवसमा गर्ने भएको छ । पार्टी अध्यक्ष ओलीले भूकम्पपछि भत्किएको भवन रहेको जग्गामा नै नयाँ बन्ने भवनको शिलान्यास गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय