नेपालमा सोमबार थप १,२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,८५,९०० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५०५, भक्तपुरमा ३२ र ललितपुरमा ९७ जनामा कोरोना पुष्टि भएको बताइएको छ।
यस्तै, गत २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३,०९१ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार
२५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ७,२५४ रहेको छ ।