सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दिल्लीमा एक साता लामो लकडाउन घोषणा, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह
भर्खरै

दिल्लीमा एक साता लामो लकडाउन घोषणा, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा आज रातिदेखि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि त्यहाँ एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो ।

आज राती १० बजेदेखि नै लागूहुने गरि अप्रिल २६ सम्मका लागि लकडाउनको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ अत्यावश्यक सेवाहरु भने सुचारु रहने जनाईएको छ ।दिल्लीका विभिन्न अस्पतालमा संक्रमण दर बढेको, बेड र अक्सिजनको

अभाव रहेका काकारण कडा निर्णय गर्नु परेको समाचारमा जनाइएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १६१ जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय