मानव बेचबिखन तथा ओसारपसारका साथै महिलालाई जबर्जस्ती यौनकर्ममा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका-४ घर भई राप्ती नगरपालिका-४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।
गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप
गरी अनुसनधान शुरु गरिएको छ ।