शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आइपीएलमा पञ्जाब विरुद्धको खेलमा दिल्लीको जित
भर्खरै

आइपीएलमा पञ्जाब विरुद्धको खेलमा दिल्लीको जित

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए ।

मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित

यादव १२ रनमा अविजित रहे । पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।

अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक जोडेको पन्जाब सातौँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय