आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सरकारलाई दिएको समर्थन फिर्ताको बिषयमा निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने
भर्खरै

सरकारलाई दिएको समर्थन फिर्ताको बिषयमा निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको साहले जनाए ।नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे

पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय