शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदै
भर्खरै

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदै

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १स्१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजिमा रहनेछ ।

नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ ।तर, घरेलु मैदानमा नेपाललाई जित्न सजिलो भने हुने छैन् । सिरिजमा अन्डर

डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन ।

अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ ।

हालसम्म नेपाल र मलेसियाबीच ८ खेल भएका छन् । जसमा ४ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल छन् । ती खेलमा नेपालले ३ टी–ट्वान्टी र ३ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टीमा नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय