एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम् रोकिएको छैन् । लगातार बढेर रेकर्ड राख्दै गएको भारतमा पछिल्लो २४ घण्टामा पनि हाल सम्मकै धेरै कोरोना पुष्टि भएर नयां रेकर्ड कायम भएको छ । भारतमा एकै दिन २ लाख ७५ हजार ३ सय ६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यो संख्या एकै दिन पुष्टि हुनेको संख्यामा हाल सम्मकै धेरै हो ।
यसअघि आइतबार मात्रै मा भारतमा हाल सम्मकै दोस्रो धेरै २ लाख
६० हजार ७ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५० लाख ५७ हजार ७ सय ६७ पुगेको छ भने १ करोड २९ लाख ४८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार १ सय २६ रहेको छ ।
कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १६२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।