काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित बलम्बु भास्तिपुरमा ९ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लोदानको आव्हान र हसना सोसियल सोसाईटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । रगतको अभाव नहोस भनेर कार्यक्रम गरिएको सोसाईटीका अध्यक्ष सम्पूर्ण महर्जनले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, सद्द्धभाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठ ब्लोदान चन्द्रागिरि नगर समिति अध्यक्ष हरिकृष्ण
महर्जन लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।