बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सञ्चालनमा आयो खुसी खुसी मार्ट ,ग्राहकलाई विशेष छुट
भर्खरै

सञ्चालनमा आयो खुसी खुसी मार्ट ,ग्राहकलाई विशेष छुट

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ स्थित खुसी खुसी चोकमा खुसी खुसी मार्ट सञ्चालनमा सञ्चालनमा आएको छ ।

शनिवार देखि सञ्चालनमा आएको मार्टको चन्द्रागिरि नगरपालिका का मेयर घनश्याम गिरिले मार्टको शुभारम्भ गर्नु हुने छ । नगरपालिका भित्रका वडा नम्बर ८, ९ र १० का स्थानीयको सुविधालाई ध्यानमा राखेर मार्ट सञ्चालनमा ल्याएको सञ्चालक माधव रिजालले जानकारी दिनु भयो ।

मार्टमा खाद्यान्न, तरकारी, पेयपदार्थ लगायतका दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध रहेको सञ्चालक रिजालले बताउनु

भयो । मार्ट शुभारम्भ भएको अवसरमा ग्राहकलाई २ देखि १० प्रतिशत सम्म नगद छुटको व्यवस्था मिलाइएको छ । मार्टमा गुणस्तरीय र सहुलियत दरमा समान उपलब्ध रहेको सञ्चालकको दाबी छ । मार्ट खुलेसंगै ७ जना स्थानीयले रोजगारी समेत पाएका छन् ।वडा नम्बर ८,९ र १० का स्थानीय लगानीकर्ताको लगानीमा मार्ट खुलेको हो ।

मार्टले प्रत्येक दिन बिहान ६ देखि बेलुका नौ बजे सम्म सेवा दिने छ । ग्राहकहरुले अनलाईनबाट पनि समान खरिद गर्न सक्ने सञ्चालक रिजालले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय