काठमाडौं । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।
यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।