काठमाडौं । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् । आकस्मिक रुपमा अवतरण गर्ने हेलिकोप्टरहरुमा मनाङ एयर र अल्टीट्यूड कम्पनीका रहेको घटनास्थलमै रहेका पत्रकार विकास रौनियारले जानकारी दिए ।
हेलिकोप्टरमा रहेका विरामीलाई एम्बुलेन्समा हालेर काठमाडौं पठाइएको पत्रकार रौनियारले जानकारी दिए ।
विस्तृत विवरण आउन बांकी छ ।