शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हरिद्वारबाट स्वदेश फर्कंदा पूर्व श्री ५ को भब्य स्वागत
भर्खरै

हरिद्वारबाट स्वदेश फर्कंदा पूर्व श्री ५ को भब्य स्वागत

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन दश दिनअघि भारत प्रस्थान गर्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किनुभएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार अपरान्ह स्वदेश फर्किनुभएका पूर्व श्री ५ को स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्फूर्त रुपमा जनताको भीड लागेको थियो भने उहाँको भव्य स्वागत गरिएको छ ।

विमानस्थलबाट बाहिरिने क्रममा पूर्व श्री ५ लाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिएका थिए । सडकदेखि विमानस्थलभित्रसम्म पञ्चेबाजासमेत घन्काइएको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेका समर्थकहरूले राजसंस्थाको समर्थनमा नाराबाजी

गरेका थिए ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा कुम्भमेलामा सहभागी हुन पूर्व श्री ५ पूर्व बडामहारानी कोमलसहित गत चैत २६ गते हरिद्वार पुग्नुभएको थियो ।

ज्ञातव्य छ, शाही स्नानका लागि कुम्भमेला पुग्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्रले हरिद्वारबाट सम्बोधन गर्दै नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डोर्‍याउने खालको रहेको उल्लेख गर्दै हिन्दु धर्म संस्कृतिको रक्षा गर्न आह्वान गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय