मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङमा निर्माणाधीन पुल हुरीले उडायो
भर्खरै

धादिङमा निर्माणाधीन पुल हुरीले उडायो

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

धादिङ । शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्र रूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाको भनाइ छ ।

पुलको निर्माण तीन वर्षअघि शुरु गरिएको थियो । उपाध्यक्ष तिमल्सिनाका अनुसार हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने

योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय