• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेदरल्याण्ड्स संग मलेसिया १५ रनले पराजित
भर्खरै

नेदरल्याण्ड्स संग मलेसिया १५ रनले पराजित

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021
yoho2

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो ।

पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ ।नेदरल्याण्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो । भिरनदिप सिंहले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाएपनि मलेसियालाई जित दिलाउन सकेनन् ।

मलेसियाका लागि

Real Shoes 1

भिरनदिप सिंहले ५३ बल खेल्दै ६ छक्का र ६ चौका प्रहार गर्दै सर्वाधिक ८७ रन बनाए । यस्तै शार्भिन मुनिएन्डीले २८ र अमिनुद्दिन राम्लीले २६ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोडेन सकेनन् ।

मलेसियाको शुरुवात भने खराब थियो । नेदरल्याण्ड्सका आर्यन दत्तले पहिलो ओभरमै अनवर अरुद्दिन र कप्तान अहमद फैजलाई आउट गर्दै डच टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर सायद अजित व्यक्तिगत ७ रनमा आउट हुँदा मलेसियाले २० रन जोड्दैमा तेस्रो विकेट गुमाएको थियो ।

चौथो विकेटका लागि भिरनदिप सिंह र शर्भिन मुनिएन्डीले अर्धशतीकय साझेदारी गरे । यी दुईले ५८ रन जोडे । मुनिएन्डी २८ रन बनाएर आउट भए । त्यसपछि विकेटकिपर शाफिक शारिफ खाता नखोली आउट भए ।

भिरदिनप र अमिनुद्दिन रामलीले मिलेर साझेदारी गर्ने प्रयास गरेका थिए । तर रामली २६ रन बनाएर १४ औं ओभरमा आउट भएपछि मलेसियाले सातौं विकेट गुमायो । १६ औं ओभर खिजर हायत २ रन बनाएर आउट भए ।

एक छेउबाट मलेसियाको इनिङ्स सम्हालिरहेका भिरनदिप सिंह १९औं ओभरको चौथो बलमा आउट भएपछि मलेसियाको सम्भावना कठिन बन्यो । भिसेको बलमा भिरनदिप सेबास्टिएन ब्राटबाट क्याचआउट भए । मुहम्मद वाफिक ६ र अनवर रहमान १ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास डे लिड र सेबास्टिएन ब्राटले २-२ विकेट लिए । आयर्नले २ ओभरमा १४ रन खर्चिँदा डे लिडले २ ओभरमा १५ रन खर्चिए । यस्तै फिलिप्पे बोइसेभेन र कप्तान पिटर सिलारले समान १ विकेट लिए ।

त्यसअघि नेदरल्याण्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओ’डोडले अविजित १३३ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

ओपनिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १०२ रन बनाउँदै शतक पूरा गरे । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।

म्याक्स ओ’डोडले इनिङ्सभर ब्याटिङ गर्दै अविजित १३३ रन बनाए । उनले ७३ बल खेल्दै १५ चौका र ६ छक्का प्रहार गरे । उनले ९६ रन बाउन्ड्रीबाट मात्रै जोडेका थिए ।

साथै म्याक्स ओ’डोडले तेस्रो विकेटका लागि बेन कुपरसंग अविजित १२५ रनको साझेदारी गरे । नदेलर्यण्ड्सका लागि यो कुनै पनि विकेटका लागि भएको दोस्रो उच्च साझेदारी हो भने तेस्रो विकेटका लागि पहिलो उच्च साझेदारी हो ।

म्याक्स ओ’डोड र बेन कुपरले नै सन् २०१९ मा आयरल्याण्ड्स विरुद्ध दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिउ ।

यस्तै म्याक्स ओ’डोड एसोसिएट राष्ट्रबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत बने । उनले स्कटल्याण्डका जर्ज मुन्सेले बनाएको १२७ रनलाई पछि पारे ।

मलेसियाविरुद्ध बेन कुपर २० रनमा अविजित रहे । यस्तै स्कट एडवार्ड्सले ३१ रन जोडे । मलेसियाका पभनदिप सिंह र अनवर रहमानले १-१ विकेट लिए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार नेपाल र मलेसियाबीच खेल हुनेछ । खेल दिउँसो १ः५ बजे सुरु हुनेछ ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • १0 घन्टा अघि