मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विद्यालयका शिक्षकमा कोारेना देखिएपछि काठमाडौंको रत्नराज्य मावि बन्द
भर्खरै

विद्यालयका शिक्षकमा कोारेना देखिएपछि काठमाडौंको रत्नराज्य मावि बन्द

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

काठमाडौँ– शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय बन्द भएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको हो ।

विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामाशिष यादवले बताए ।

उनले भने, ‘एक जना शिक्षकमा कोरोना देखिएको छ । एक जनामा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय बन्द गर्ने निर्णय गर्‍यौँ । अरु शिक्षकको पनि पीसीआर गर्न पठाएका छौँ

।’काठमाडौँ महानगरपालिकाले पनि वैशाख ३ गते सूचना जारी गरी कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि बन्द गर्न आग्रह गरेको थियो ।

महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न भनेको छ ।

यसअघि प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।शनिबार मात्रै विद्यालय उमेर समूहका ८९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमा ९ वर्ष मुनिका संक्रमित हुने बालबालिको संख्या १७ र १० वर्ष माथि तर १९ वर्षभन्दा कम उमेरका ७२ जना बालबालिकमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय