शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सरकारलाई दिएको समर्थनको बिषयमा निर्णयका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक
भर्खरै

सरकारलाई दिएको समर्थनको बिषयमा निर्णयका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक भोलि बिहान ११ बजे बस्नेछ । भोलिको स्थायी कमिटी बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताए ।

उनले भने, ‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन भन्यौ । उहाँले अहिलेसम्म दिनुभएको छैन । अब हामीले दिएको समर्थन फिर्ता हुनेछ । त्यसका लागि भोलिको स्थायी कमिटी बैठकले निर्णय लिनेछ ।’नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो

नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन् । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय