मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो
भर्खरै

पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। यसअघि सरकारले गत चैत २२ गते मूल्य बढाएको थियो।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल, मटितेलको १०४ रुपैयाँ तय गरिएको छ। विद्यार्थीहरुले मूल्य वृद्धिविरुद्ध आन्दोलन गरिरहेका बेला फेरि मूल्य बढाइएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय