शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, ३१ घाइते
भर्खरै

दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, ३१ घाइते

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो । बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी

कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए । साँझ ६ बजे बस दुर्घटनामा परेको थियो ।

प्रहरीले दुई घण्टा लगाएर घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, तीन जनाको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । बसमा सवार सबै ३१ यात्रु घाइते भएको र दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको गिरीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय