काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेटमा नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले शानदान जित निकालेको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्यो ।
नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलेअर्धशतकीय पारी खेले ।