बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध शिक्षाले मानेन
वागमती प्रदेश

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध शिक्षाले मानेन

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न भने पनि शिक्षा मन्त्रालयले भने सुनेको नसुन्यै गरिरहेको छ । विद्यालय खुलै रहेपछि बालबालिकालाई पढ्न पठाउने कि जोखिमबाट जोगाउन घरमै राख्ने ? अभिभावक चिन्ता र दोधारमा छन् ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंसहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान भन्यो । र, कोरोनाको अत्यधिक जोखिम रहेका उपत्यकाका तीनसहित १४ जिल्लाको  नामै सार्वजनिक गर्‍यो । तर, शिक्षा मन्त्रालय र अरू निकाय चुपचाप बस्दा शुक्रबार बिहान विद्यार्थीहरू त्रासका बीच विद्यालय पुगे ।

अभिभावक पनि ढुक्क थिएनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय बन्द गर्न मानेका छैनन् । निजी विद्यालय सञ्चालकहरू विद्यालय बन्द नगर्न दबाब दिइरहेका छन् । यहीबीचमा काठमाडौं महानगरपालिकाले बिहीबार विज्ञप्ति निकाली संक्रमण देखिएका विद्यालय मात्रै बन्द गर्न भनेको छ । स्वास्थ्य मन्त्रालयको चेतावनीप्रति सरकारकै अरू निकायले बेवास्ता गरेको देखिन्छ ।  महामारीजस्तो गम्भीर अवस्थामा पनि स्वास्थ्य मन्त्रालयले एउटा सूचना प्रवाह गर्ने, तर अरू निकायले त्यसको बेवास्ता गर्दै जाने हो भने भोलि नसोचेको परिणाम नआउला भन्न सकिन्न ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय