मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा नयाँ प्रकारको भाइरसको संक्रमण तीब्र
भर्खरै

नेपालमा नयाँ प्रकारको भाइरसको संक्रमण तीब्र

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

नेपालमा नयाँ प्रकारको भाइरसको संक्रमण तीब्ररुपमा बढ्दै गइरहेको छ । पहिलेकोभन्दा बढी संक्रामक यस भाइरसले १९ वर्षमुनिको उमेर समूहलाई पनि प्रताडित बनाएको छ।  पहिलो लहरमा यस समूहमा दिनमा बढीमा एक जनालाई देखिएको संक्रमण अहिले ८१ जनासम्ममा देखिनुले स्थिति कति जटिल बन्दै छ भन्ने संकेत गर्छ ।

चैतको दोस्रो हप्तासम्म नयाँ थपिने संक्रमितको संख्या एक देखि डेढ सय थियो भने अहिले ९ सयसम्म पुगेको छ । र, दैनिक संक्रमणको दर पनि बढ्दै छ । गएको १५ दिनमा मात्र झण्डै साढे ५

हजार संक्रमित थपिएका छन् । त्यसमा १९ वर्षमुनिको समूह लगभग १० प्रतिशत छ । शुक्रबार मात्र यस उमेर समूहका ८१ जना थपिएर पछिल्लो दुइ सातामा ५ सय ४ जना १९ वर्ष मुनिका छन् । चिकित्सकहरुका अनुसार नेपालमा नयाँ प्रकारको भाइरस देखा परिसकेकोले संक्रमण दर उच्च हुँदै गइरहेको हो । कम उमेर समूहका संक्रमितमध्ये अधिकांश विद्यालय तथा कलेजमा अध्यनरत छन् । बसमा भिडम्भीड हुने, एउटै कोठामा धेरै संख्यामा बस्ने, निस्फिक्री खेल्ने र जनस्वास्थ्यका मापदण्डको ख्याल नगर्दा यो अवस्था आएको हो। भाइरसको संक्रमण जसरी बढ्दै गइरहेको छ, त्यसले विगतमाभन्दा बढी क्षति निम्त्याउने चिकित्सकहरुले बताइरहेका छन । त्यसैले अहिले नै नियन्त्रणका लागि गम्भीर हुन नसके भोलिका दिनमा पछुताउनुको विकल्प हुने छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय