शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राजश्व छली गर्ने पाँच जनाविरुद्ध मुद्दा
भर्खरै

राजश्व छली गर्ने पाँच जनाविरुद्ध मुद्दा

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार उनीहरूले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ ।

राजश्वमा हानी नोक्सानी पु¥याउने ध्येयका साथ गलत कागजात तयार पारी ठगी

गरेको पाइएको छ । उनीहरूले भन्सार शुल्क रु ११ लाख ३५ हजार ८८७, मूल्यअभिवृद्धि कर रु ४६ लाख ७३ हजार २०४ र आयकर रु ५४ लाख ९६ हजार ४२३ गरी कूल रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको ठगी गरेको अभियोग लागेको छ ।

विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय