काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी तथा केही तराईका भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पहाडी भू–भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेकी
तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।