काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् ।
शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
एभर्टनको मैदानमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । ह्यारी केनले २७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर ३१औँ मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । ६२औँ मिनेटमा सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए ।
६८औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै
खेल २–२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।
एभर्टनविरुद्ध दुई गोल गरेका केनले चोट समेत बोक्न पुगे । चोटका कारण केन खेलको ९०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
बराबरीसँगै एभर्टन ३१ खेलमा ४९ अंकसहित आठौं स्थानमा छ । टोटेनहम ३२ खेलमा ५० अंकसहित सातौँ स्थानमा छ ।