मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री आह्वानमा बालुवाटरमा सर्वदलीय बैठक बस्दै
भर्खरै

प्रधानमन्त्री आह्वानमा बालुवाटरमा सर्वदलीय बैठक बस्दै

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार बैठकमा मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफल हुनेछ ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापना र साविक नेकपामा आएको विभाजनपछि बढेको राजनीतिक अन्योलताकाबीच डाकिएको बैठकलाई चासोका साथ हेरिएको छ ।बैठकमा प्रधानमन्त्री ओलीले बढ्दै कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यामा दलहरूको धारणा बुझ्ने तयारी गरेका छन् ।

नेकपा

(एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसदमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय