एजेन्सी । जारी जर्मन बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा रहेको आरबी लाइपजिग बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा लाइपजिग होफेनहाइमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लाइपजिगले अंक बाड्नु परेको हो ।
खेलको अन्तिम समयमा लाइपजिगका युसुफ पाउलसेनले गोल गरे पनि गोलको मान्यता पाएन । भीएआर प्रविधिमा गोल गर्नु अघि युसुफले बल हातले रोकेको देखिएको थियो । बराबरीसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । लाइपजिग २९ खेलमा
६१ अंकसहित दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बायर्नको ६५ अंक रहेको छ ।
होफेनहाइम ३२ अंकसहित ११औँ स्थानमा छ ।