शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन २ लाख ३४ हजार कोरोना संक्रमित पुष्टि
भर्खरै

भारतमा एकै दिन २ लाख ३४ हजार कोरोना संक्रमित पुष्टि

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021
Coronavirus on scientific background

काठमाडौँ । भारतमा कोरोना संक्रमणको दरले दैनिक रेकर्ड कायम गरिरहेको छ । लगातार उकालो लाग्दै गएको कोरोना संक्रमितको दरमा उच्च वृद्धि हुँदै पछिल्लो चौविस घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । पछिल्लो चौविस घण्टामा मात्रै भारतमा २ लाख ३३ जार ९ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 

यसअघि शुक्रबार मात्रै वैशाख ३ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख १६ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४५ लाख २१ हजार ६ सय ८३ पुगेको छ ।

हाल सम्म भारतमा १ करोड २६ लाख ६६ हजार ८ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ७९ हजार १ सय २१ छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कुल १ लाख ७५ हजार ६ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १हजार ३ सय ३८ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय