शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाका कारण कुवेतमा थप एक नेपालीको मृत्यु
भर्खरै

कोरोनाका कारण कुवेतमा थप एक नेपालीको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ ।

स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि कुवेत बस्दै आएका बमबहादुर थापाको बिहीबार राति फर्मानिया अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

पचास वर्षीय थापा करिव महिना दिनअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । सडकबाट उद्धार गर्दा उनी अचेत अवस्थामै रहेका बताइन्छ । पछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालबाट एक हप्ताअघि निवास फर्किएका थापामा टाउको दुख्ने समस्या शुरु भएको थियो ।

अत्यधिक मात्रामा टाउको

दुख्ने र स्वासप्रश्वासमा समेत समस्या देखिन थालेपछि बिहीबार उनलाई पुनः अस्पताल लगिएएको थियो ।

अस्पताल पु¥याइएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएसँगै थापाको राति नै उपचारको क्रममा मृत्यु भएको कुमार झापालीले जानकारी दिए ।

कुवेतका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध दिवंगत थापा अधिकांश नेपालीबीच लोकप्रिय थिए ।

झापालीका अनुसार हाल कुवेतमा एक दर्जन बढी नेपालीमा कोरोना संक्रमण देखापरेको छ भने थापाको मृत्युसँगै कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय