शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ
भर्खरै

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

बालिकालाई कामाडौंको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ ।

उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबर्जस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही

गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले शुक्रबार एक सूचना जारी गरी जनाएको छन् । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय