सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हुरीबतासले धादिङमा ५० घरको छाना उडायो
भर्खरै

हुरीबतासले धादिङमा ५० घरको छाना उडायो

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

धादिङका विभिन्न स्थानमा गएराति आएको हुरीबतासले निकै धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको बताइएको छ ।

हुरीबतास र पानीसँगै आएपछि घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ । रातिको समयमा आएको भीषण हुरीबतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १० घरको जस्ताको छाना, गजुरी गाउँपालिका–२ मा १२ घर टेण्ट, नीलकण्ठ नगरपालिका खाल्टेको दुई घर जस्ता, ज्यामरुङको चार घर जस्ता र गल्छी गाउँपालिका–५मा १३ घरको

जस्ता उडाएको नेपाल रेडक्रस सोसाइटी सभापति नारायण तिमल्सिनाले जानकारी दिए । यस्तै, गल्छी गाउँपालिका–५ का वडाध्यक्ष प्रेम तामाङले सबै सूचना नआइसकेको र आफू गाउँमै सूचना सङ्कलनमा लागिरहेको बताए ।

हुरीबतासका कारण जिल्लामा अन्य क्षतिको विवरण आइनसकेको र विवरण आउने क्रम जारी रहेको रेडक्रसले जनाएको छ । बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले हुरीबतासबाट घर उडाएको चौकी टोलको निरीक्षण गरी पालिकाभरिमा क्षतिको विवरण सङ्कलन गर्नका लागि शुरुआत गरिएको बताएका छन् । पालिकाले आवश्यकताका आधारमा राहत वितरण गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय