मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नयाँ बर्ष २०७८ , नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकारको संभावना
भर्खरै

नयाँ बर्ष २०७८ , नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकारको संभावना

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

किरण गिरी । नयाँ बर्ष - २०७८ सालको अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सार्बभौमसत्ता सम्पन्न आम नेपाली दाजुभाइ - दिदिबहिनी हरुमा नेपाली कांग्रेस केन्दियसमितीको सदस्यको हैसियतले म नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति एबं मेरो ब्यक्तिगत तर्फबाट सुख , शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

०७७ साल हाम्रो लागि कोभिड -१९ कोरोना कहरको कारण सुखद रहेन । मुलुक राजनीतिक अस्थिरतामा प्रवेश गर्‍यो ।
प्रतिनिधि सभा पुनर्स्थापना भयो तर चल्न सकिरहेको छैन । सरकार अल्पमतमा गयो तर ढल्न

सकिरहेको छैन । सरकारको विरुद्ध अबिस्वासको प्रस्ताव दर्ता हुन सकिरहेको छैन । बिश्वासको मत फिर्ता भएको छैन । विपक्षीहरु बहुमतमा छन नयाँ सरकार बन्न सकिरहेको छैन । आखिर किन ???? के नेपाल अन्तर्राष्ट्रिय भु -राजनीतिको ,सेटलाइट,द्वन्दमा फसेको त होइन ???? यसको दीर्घकालीन समाधान निर्बाचन नै भएको देखिन्छ । अब निर्बाचनको बिकल्प देखिदैन ।

यी र यस्तै राजनीतिक अन्यौलता बिच हामी बाट गुज्रदै छ २०७७ साल संभावित आशाका किरणहरु बोकेर आएको २०७८ साल हामी नयाँ उमंग , जांगर र प्रेरणा बोकेर अगाडि बढ्नु जरुरी छ ।
नयाँ बर्षको शुभकामना सहित नेपाली कांग्रेस नयाँ शिराबाट अगाडि बढ्ने छ । नेपाली कांग्रेस झण्डै १० लाख क्रियाशील सदस्य सदस्यहरु माझबाट आफ्नो १४ औं महाधिवेशन गर्न गैरहेको छ । देशभर ६७४३ वटा वडा , ७५३ पालिका , ३३० प्रदेश निर्बाचन क्षेत्र र १६५ संघीय संसदीय निर्बाचन क्षेत्रहरूमा अधिबेशन सम्पन्न गर्दै २०७८ साल भाद्र ७,८,९ र १० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने तयारी गरिएको छ ।
आज बैशाख ३ गते अपरान्ह सम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा ५ लाख ८८ हजार ४ सय ५९ जना क्रियाशील सदस्यहरुको नामावली ,इण्ट्री , सूचीकरण भैसकेको छ ।
जसमा नयाँ सदस्य संख्या २ लाख ७५ हजार ५ सय ५२ जना र नवीकरण तर्फ ३ लाख १२ हजार ९ सय ७ जना क्रियाशील सदस्यहरुको सूचीकरण भएको छ।

लोकतान्त्रिक संबिधान र प्रणालीका लागी कम्युनिस्ट शासन उपयुक्त हुदैन भन्ने तथ्य ३९ महिने नेकपाको सरकारले पुष्टि गरिदिएको छ । सत्ता र शक्ति कब्जा गर्ने मुल लक्ष बोकेका कम्युनिस्ट हरु कहिल्यै लोकतान्त्रिक र संबैधानिक हुन सक्दैनन् ।
कसैले रुचाओस वा नरुचाओस , कसैलाई मन परोस वा नपरोस संसद प्रतिनिधि सभाको पुनर्स्थापना पछि उत्पन्न मुलुकमा पछिल्लो राजनीतिक परिस्थिति को बस्तुगत अध्ययन र विश्लेषण गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकार निर्माण हुनु सहज र स्वाभाविक हो ।

आज सम्म त्यो राजनीतिक बाताबरण अझैसम्म परिपक्व भने भैसकेको छैन । त्यसको कारण घरेलु भन्दा बढी बाह्य रहेको अनुमान गरिदै छ । नेपालमा , नियन्त्रीत अस्थिरता , ले दीर्घकालीन रुपमा कसैको हित हुन सक्दैन । आजको भु राजनीतिले त्यसलाइ अनुमति दिन पनि सक्दैन । प्रधानमन्त्री पदमा अब पनि प्रधानमन्त्री के। पी। ओलीको निरंतरता भनेको नेपाल लाई जबर्जस्ति अस्थिरता , अन्यौलता र अराजकता तर्फ समेत धकेल्नु हो ।
प्रधानमन्त्री अधिनायकवाद तर्फ :
कम्युनिस्ट सर्बसत्ताबाद र अधिनायकवादका कारण देश गम्भीर संकटमा । लोकतन्त्र र संबिधान रक्षाका लागि नेपाली कांग्रेस सालिन परिपक्वता साथ अगाडि बढ्दै । प्रधानमन्त्री के पी शर्मा ओली अल्पमतमा पर्दा पनि राजिनामा पनि नदिने , संसदबाट अर्को सरकार पनि निर्माण हुन नसक्ने परिस्थिति निर्माण गर्दै छ्न । संबिधान र लोकतन्त्र प्रती प्रधानमन्त्री ओली इमानदार देखिएनन ।

कम्युनिस्ट बाट लोकतान्त्रिक मुल्य र मान्यताको अपेक्षा गर्न सकिदैन नै । आज प्रधानमन्त्री ओली अलोकतान्त्रिक र अधिनायकवादि बाटोमा गैरहेका छ्न । उनी हिड्ने बाटो अब निरंकुश र अधिनायकवाद तर्फ उन्मुख हुँदै छ भन्ने तथ्य भर्खरै आफ्नै समकक्षी पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल र उप प्रधानमन्त्री भिम रावल लाई पार्टी बाट ६ महिनाको लागि निलम्बन गर्नु ले थप उजागर गरिरहेको छ ।

संसद पुनर्स्थापना संगै फाल्गुन २३ गते आएको सर्बोच्च अदालतको निर्णय अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग संसदीय भुमिका र हैसियतमा रुपान्तरण भएपछि हाम्रो संसद अब त्रिसंखु बन्न पुगेको छ । यो अबस्थामा प्रधानमन्त्री के पी ओली तत्काल राजिनामा दिएर अर्को सरकार निर्माण का लागि मार्ग प्रसस्त गर्नु पर्दथ्यो । अब यो अबस्थामा नेपाली कांग्रेसको नेतृत्व संयुक्त सरकार निर्माण गरेर आम सहमतिमा ताजा जानू उपयुक्त देखिन्छ ।

यो संसदले मुलुकमा राजनीतिक स्थिरता र दिगो समाधान दिन सक्ने देखिदैन । नेकपा को झगडा र द्वन्दमा प्रतिनिधि सभा लाई राखिरनु भन्दा ताजा जनादेश मा जानू नै राजनीतिक दलहरुको लागि दिगो भरपर्दो निर्णय हुने छ । संभव भए २०७८ मंसिरको पहिलो हप्ता प्रतिनिधि सभाको चुनाव गराउनु जरुरी देखिन्छ ।

२०७८ मा नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकार गठनको संभावना :
नेपाली कांग्रेसले मात्रै मुलुकलाई शान्ति र परिबर्तन दिन सफल भएको ऐतिहासिक सन्दर्भ र तथ्य हामी संग जिवन्त छन ।
संसद पुनर्स्थापना संगै नेपाली कांग्रेसको संसदीय भुमिका र हैसियत निर्णायक हुन पुगेको छ । पुनर्स्था
मुलुक राजनीतिमा उल्लेख र महत्त्वपूर्ण नेतृत्वदायी भुमिका खेलेको कांग्रेसले अबको भुमिका पनि अत्यन्तै जिम्मेवार र दुरदर्शिताका साथ खेल्नु जरुरी छ ।

१.नेपाली कांग्रेस , जसको नेतृत्वमा सबैखाले आन्दोलन र परिबर्तन सफल भयो ।
२.नेपाली कांग्रेस , जसको नेतृत्वमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को संबिधान बन्यो ।
३.नेपाली कांग्रेस , जसको नेतृत्वमा संबिधानको सफल कार्यान्वयन भयो ।
४.नेपाली कांग्रेस , जसको नेतृत्वमा मुलुकमा तिनैतहको निर्बाचन सम्पन्न भयो ।
त्यसैले सबै नेपालीको एउटै छ , आवाज :
मेरो देश , मेरो कांग्रेस भन्ने समर्थन र सम्मान लाई जोगाएर अगाडि बढ्नु कांग्रेसको दायित्व हो ।

संबिधान त २०७९ सालमा हुने तिनै तहक

लेखक गिरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । यो लेख उहांको व्यतिगत विचार हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय