बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हात्तीको आक्रमणबाट किसानको मृत्यु
भर्खरै

हात्तीको आक्रमणबाट किसानको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा एक किसानको आज मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट भारदहका ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिनुभयो ।

घटनाको जानकारी प्राप्त हुनासाथ आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली घटनास्थलमा पुगेको वार्डेन अशोक रामले बताउनुभयो । शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कोशी नदी पश्चिम किनार गोलघर नजीक खेतमा काटेर राखिएको गहुँको रखवाली गर्न

गएका प्रमाणीलाई हात्तीले कुल्चेपछि उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताउनुभयो । प्रमाणीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय