काठमाडौं । भोली ( शनिवार) देखि काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ स्थित खुसी खुसी चोकमा खुसी खुसी मार्ट सञ्चालनमा सञ्चालनमा आउने भएको छ ।
चन्द्रागिरि नगरपालिका का मेयर घनश्याम गिरि, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, वडा नम्बर नौ र १० का वडा अध्यक्षहरुले सामुहिक रुपमा मार्टको शुभारम्भ गर्नु हुने छ । नगरपालिका भित्रका वडा नम्बर ८, ९ र १० का स्थानीयको सुविधालाई ध्यानमा राखेर मार्ट सञ्चालनमा ल्याउन लागिएको सञ्चालक माधव रिजालले जानकारी दिनु भयो ।
class="aligncenter wp-image-9890 " src="http://sidhadrishti.com/wp-content/uploads/2021/04/174440522_289968172598714_4616709720049932948_n.jpg" alt="" width="891" height="501" />
मार्टमा खाद्यान्न, तरकारी, पेयपदार्थ लगायतका दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध हुने सञ्चालक रिजालले बताउनु भयो । मार्ट शुभारम्भ भएको अवसरमा ग्राहकलाई २ देखि १० प्रतिशत सम्म नगद छुटको व्यवस्था मिलाइएको छ । मार्टमा गुणस्तरीय र सहुलियत दरमा समान उपलब्ध हुने बताइएको छ । मार्ट खुलेसंगै ७ जना स्थानीयले रोजगारी समेत पाएका छन् ।
वडा नम्बर ८,९ र १० का स्थानीय लगानीकर्ताको लगानीमा मार्ट खुल्न लागेको हो । मार्टले प्रत्येक दिन बिहान ६ देखि बेलुका नौ बजे सम्म सेवा दिने छ । ग्राहकहरुले अनलाईनबाट पनि समान खरिद गर्न सक्ने सञ्चालक रिजालले जानकारी दिनु भयो । मार्टको शुभारम्भ कार्यक्रमको समय बिहान साँढे ८ बजे तोकिएकोछ ।