मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जोगियो कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद, एमालेका सांसदले गरे फ्लोर क्र्स
भर्खरै

जोगियो कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद, एमालेका सांसदले गरे फ्लोर क्र्स

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय