काठमाडौं । कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थो वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ ।
बांकी विद्यालय सञ्चालनको बिषय अविभावक, विद्यालय प्रशासनको सहमतिमा निर्णय गर्न आग्रह गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनु भयो ।
कोरोना महामारीको जाखिम भएका १४ जिल्लाका विद्यालयमा विद्यार्थी नपठाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।