सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
भर्खरै

आजको मौसम आंशिकदेखि सामान्य बदली रहने

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय