काठमाडौं । आज पनि देशका विभिन्न भू–भागमा हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्ह–साँझतिर मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू–भागमा आंशिक बादल रहेको अवस्था भएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार शुक्रवार दिउँसो प्रदेश १ र सूदरपश्चिम
प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू९भागहरुका थोरै स्थानमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । बिहीवार राजधानी काठमाडौं सहित गण्डकी प्रदेश, बाग्मती, सूदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा हावाहुरी चलेको थियो । शुक्रवार र शनिवार पनि हावाहुरी चल्न सक्ने संभावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । प्रिमनसुनका तीन महिना हावाहुरी चल्ने, मेघगर्जन–चट्टयाङ्गसहित हल्का वर्षा हुने सामान्य भएको मौसमविद् मानन्धरको भनाइ छ ।