सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
भर्खरै

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिंदै हुनुहुन्छ ।

समर्थन फिर्तासहित एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा हुनुहुन्छ । आज दिउँसो बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्न लाग्नुभएको हो ।

४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १९ , माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ। अहिले आफूलाई कांग्रेस र राप्रपाको समर्थन रहेको शाहीको दाबी छ ।

कांग्रेसले साथ दिए शाहीलाई समर्थन गर्ने सांसदको संख्या १९ मात्रै पुग्छ।

एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन कांग्रेस र राप्रपासँग छलफल भइरहेको प्रदेश सांसद गुलाबजंग शाहले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै जना मन्त्रीले चैत २४ गते राजीनामा दिएका थिए। चैत २३ गते बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिने निर्णय गरिएको थियो।

माओवादी केन्द्रको प्रदेश सभा दलकी प्रमुख सचेतक सीताकुमारी नेपालीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सबै प्रदेश सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय