सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न
भर्खरै

राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा

राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो ।

विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध एक करोड ६ लाख ७२ हजार ९०९ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले बिहीबार बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ ।

class="don">

ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीका साथै भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार पारेर राजश्व छली गरेको अभियोग विभागले लगाएको छ ।

विभागका अनुसार नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजश्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरिएको छ । विभागले ती फर्मविरुद्ध रु ३० करोड २८ लाख २ हजार ५७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । बताइएअनुसार ती फर्म सञ्चालकविरुद्ध गत चैत २५ र २६ गते मुद्दा दायर गरिएको हो ।

विभागले ती फर्म सञ्चालकको बैंक खाता सञ्चालकलाई जरिवाना र कैदको मागदाबी गरेको छ । न्यू राहुल मोबाइल सेन्टर हेटौड़ा सञ्चालक काजल केशरीसँग रु १२ करोड ३५ लाख २५ हजार २२ बराबरकोे बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका १२ को व्याहुत टेडर्सका प्रोपाइटर अनिल कुमार कलवारविरुद्ध रु १७ करोड ९२ लाख ७७ हजार ५५१ बराबरको बिगो दाबी गरिएको छ । विभागले काजल केशरीविरुद्ध उच्च अदालत पाटनको हेटौड़ा इजलास र कलवारविरुद्ध उच्च अदालत जनकपुरको इजलास वीरगञ्जमा मुद्दा दायर गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय