काठमाडौं । नेपाली काँग्रेसका क्रियाशील सदस्यता ५ लाख ६२ हजार २ सय ५१ पुगेका छन् । गत वर्षको चैत ३० गते सम्मको भएको अध्यावधिक तथ्यांक अनुसार नवीकरण गरेका ३ लाख ५९ हजार ९ सय ३४ र नयां सदस्यताको संख्या २ लाख ५९ हजार ९ सय ३४ रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरिले जानकारी दिए । केन्द्रीय सदस्य गिरीले १ सय ६५ वटा नेपाली काँग्रेस संघीय संसदीय निर्वाचन क्षेत्रीय समिति एवंम सभापतिहरु र ७७ वटै जिल्ला कार्यसमिति र सभापतिहरुलाई पार्टीको
क्रियाशील सदस्यता विवरण र लेवी रकम सहित केन्द्रमा बुझाउने र दर्ता गर्ने अभियान यथासिध्र सम्पन्न गन्र सार्वजनिक रुपमा आव्हान पनि गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता जिल्लाले अन्तिम टुंगो लगाउने समय चैत ३० सम्म तोकेको थियो । ३० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अचानक स्थगित भएको थियो । अर्को बैठक पाँच गते आइतवारका लागि तय गरिएको छ । सो बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणका बिषयमा आवश्यक निर्णय गर्ने केन्द्रीय सदस्य गिरिले जानकारी दिनु भयो ।
क्रियाशील सदस्यता वितरण सम्बन्धि देखिएका विवाद टुंगाएर नेपाली काँग्रेसले पार्टीको महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।