काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होटलमा बस्ने विदेशी नागरिकले अनिवार्य पिसिआर रिपोर्ट देखाउनुपर्ने जनाएको छ।अब विभिन्न देशबाट आई नेपालका होटलमा बस्न चाहने विदेशीले आफूमा कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट देखाउनुपर्ने छ।
मन्त्रालयले सबै होटललाई अनिवार्य ुगेष्ट रजिष्ट्रेसन सिस्टमु चुस्त बनाई पिसिआर नेगेटिभ आएको अवस्थामा मात्र विदेशीलाई राख्न भनेको छ।
पछिल्लो समय कोरोना संक्रमण दर एकाएक बढ्न थालेपछि सरकारले विस्तारै भीडभाड हुने क्षेत्रहरूमा कडाइ गर्न थालेको हो।
यसका साथै सरकारले अति प्रभावित भनेर वर्गीकरण गरेका क्षेत्र, बढी भीडभाड हुने स्थलहरूमा
मानिसहरूलाई सहभागी नहुन अपिल गरेको छ।