काठमाडौं । स्वास्थ्य तथा जसंख्या मन्त्रालय विद्यालय सहित अन्य भीडभाड हुने स्थलमा नजान आम जनसमुदायमा अपील गरेको छ । मन्त्रालयले आज जरुरी सूचना जारी गर्दै कोरोना जोखिम भएका १४ जिल्लाका विद्यालय तथा अन्य जमघटमा सहभागी नभइदिन अपील गरेको हो ।
काठमाडांै, भक्तपुर, ललितपुर, पर्सा ,कास्की, रुपन्देही, चितवन, बाँके,कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ का जिल्लाहरुलाई कोरोना सक्रमणको अति संवेदनशील जिल्लाको सूचिमा राखेको छ । उल्लेखित जिल्लाहरुका विद्यालय, सपिङ कम्पेलेक्स, जीम हल ,सिनेमा हल, रेष्टुरेन्ट, जात्रा, सभासम्मेलन, खेलकुद गतिविधि,नाचघर, पार्टी
प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब आदि भीडभाडयुक्त क्षेत्रमा नजान नागरिकलाई मन्त्रालयले आग्रह गरेको छ ।
साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।