मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन दुई लाखभन्दा बढी संक्रमित, एकै दिन १०३८ जनाको मृत्यु
भर्खरै

भारतमा एकै दिन दुई लाखभन्दा बढी संक्रमित, एकै दिन १०३८ जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021
Coronavirus on scientific background

भारतमा बुधबार एकै दिन थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएअनुसार कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता भारतमा एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको यो नै पहिलो पटक हो ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएको जनाइएको थियो ।

कोरोना सङ्क्रमणबाट भाारतमा बुधबार एकै दिनमा

एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको सिन्ह्वाले जनाएको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय