बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित ३ जना पक्राउ
भर्खरै

अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित ३ जना पक्राउ

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् ।

हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया

निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन् ।

उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय