कोरोना सङ्क्रमणका कारण झापानिवासी पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा मिश्रको निधन भएको हो ।
विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वास्थ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा पत्रकार मिश्रको गए राति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौंको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै
आएका थिए ।