आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • सांसद रावल बसेको घरमा ढुंगा प्रहार
वागमती प्रदेश

सांसद रावल बसेको घरमा ढुंगा प्रहार

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे । ‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन,’ रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र

घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय