आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध आजै अविश्वासको प्रस्ताव पेश गर्ने तयारी
भर्खरै

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध आजै अविश्वासको प्रस्ताव पेश गर्ने तयारी

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध आज (बिहीबार) अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाका निर्णयसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ गठबन्धनको तयारी गरेको हो।अविश्वासको प्रस्तावसम्बन्धी निर्णय गर्न कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको संसदीय दलको बैठक दिउँसो ११ बजे बस्ने तयारी गरेको बताइएको छ।

 

दलहरुको बैठकपछि आजै प्रस्ताव दर्ता हुने नेपाली कांग्रेसका सांसद् मेखलाल श्रेष्ठले बताए। नेपाली कांग्रेस र माओवादी केन्द्रले आज संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश

गर्ने तयारी गरेको उनको भनाइ छ ।

जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा रहने निर्णय गरेलगत्तै सबे दलले आफ्ना सांसद्लाई पोखरा बोलाइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय