मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अश्वेत युवकलाई गोली हानी हत्या गर्ने अमेरिकी श्वेत प्रहरी अधिकृत पक्राउ
भर्खरै

अश्वेत युवकलाई गोली हानी हत्या गर्ने अमेरिकी श्वेत प्रहरी अधिकृत पक्राउ

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

एजेन्सी । अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ ।

गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या -सेकेन्ड डिग्री म्यानस्लटर को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ ।

२० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले बताएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक

प्रयोग” भएको आरोप लगाएका छन् ।गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

राइटको हत्यापछि उक्त क्षेत्रका दुई वटा शहर मिनियापलिस र सेन्ट पलमाका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए भने रात्रिकालीन कर्फ्यु लगाएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय