शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
भर्खरै

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पर्वतको पैयुँ– ५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु

भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनमा निमोनिया र खोकीको समेत समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।

यसैबीच रुपन्देहीमा बुधबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ४८ जनामध्ये बुटवल उपमहानगरका मात्रै २१ जना छन् । रुपन्देहीमा हालसम्म १५७ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय